muk

मुक्तक


मुक्तकहरु:
१,
भावनाको नाता ठुलो भन्दै नाता गाँसियो।
रुन पनि रुईयो, हाँस्न पनि हदै हाँसियो।
के थाहा पराई कैलै आफ्ना हुदैनन भन्ने
क्षणिक नाताको नाटकमा यो केटो टाँसियो।
२,
बाटो भरि भेटिंदा रान मुन्छे पनि कस्ता।
कहिं स्वार्थ त कहिं अभिमानी पो जस्ता।
चाहे जे होस मतलब राखेर मन नदुखाउनु
भेट्दा रान उनैले नातापनि सागझैं सस्ता।
३,
आखाँ सामु, तिमीले सुनकोशी तरेर गयौ।
आफु-खुशीले मलाई सारी तिमी सरेर गयौ।
लाग्थ्यो हेर्दा आफ्नै,तर मैले चिनिन छु,
मेरो हृदयको कुनाबाट हो तिमी मरेर गयौ।

बिजे "बिद्रोही" राई
ठुलोदुम्मा-९ भोजपूर
हाल-ईजरेल

2 comments:

  1. सर्वप्रथम त हजुरको यो मुक्तकले मेरो मनमा चसक्क घोच्यो
    अझ आउने दिन हरुमा पनि हजुरको मुक्तक पढेर मेरो मन लाई
    पर्ने छु भन्ने ठुलो आसा लिएको छु
    युक्त कुमाल साउदी

    ReplyDelete
  2. Thank you Yukta for your good coment, raelly miss you. God bless you.

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। (भोजपुरे एडमिन परिवार)